![](https://clickmandu.com/wp-content/uploads/2023/05/gold3-768x406.jpg)
काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको छ ।
मंगलबार छापावाला सुनको मूल्य प्रतितोला २४ सय रुपैयाँले घटेर १ लाख १९ हजार २ सय रुपैयाँ कायम भएको थियो । बुधबार पुनः ८ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, बुधबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ ।
साथै, बुधबार चाँदीको मूल्य २० रुपैयाँले घटेर १४ सय ८० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया