टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्धको रिट माथेमा र शर्माको इजलासमा



काठमाडौं । टिकटक बन्द गर्ने सरकारको निर्णयमाथि परेको रिटमा आज सुष्मालता माथेमा र विनोद शर्माको इजलासमा परेको छ ।

यसअघि सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलासले एक दर्जन बढी रिटको एकीकृत सुनुवाइ गर्दै टिकटक बन्द गर्नुको कारण देखाउन सरकारको नाममा आदेश जारी गरेको थियो ।

तर रिट निवेदकहरुको माग बमोजिम अन्तरिम आदेश जारी गर्न भने इजलासले अस्वीकार गरेको छ । गएको कात्तिक २७ गते मन्त्रिपरिषद्ले नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । टिकटकमाथि प्रतिबन्ध लागेसँगै एक दर्जन बढी रिट दर्ता भएका थिए ।

आज दुई न्यायाधीशको इजलासमा परेको रिट २२ नम्बरमा परेकाले सुनुवाइको सम्भावना भने न्यून छ ।


क्लिकमान्डु