एनसेलको शेयर खरिदबिक्री छानबिन गर्नुपर्छ: सांसद सिंह



काठमाडौं । प्रतिनिधिसभा सदस्य डा अमरेशकुमार सिंहले दूरसञ्चार कम्पनी एनसेलको शेयर खरिदबिक्री शङ्कास्पद भएको दाबी गर्दै छानबिनका लागि सरकारसँग माग गरेका छन् ।

आज काठमाडौं आयोजित पत्रकार सम्मेलनमा सांसद सिंहले एनसेलको शेयर खरिदबिक्रीमा कर छली भएको दाबी गरे ।

‘जुन कम्पनीको वार्षिक ४० अर्बभन्दा बढी आम्दानी छ, त्यो कम्पनी साढे छ अर्बमा कसरी बिक्री हुन्छ ? यो पत्याउन सकिन्न’, सांसद सिंहले भने ।

सन् २०१६ मा तत्कालिन माउ कम्पनी स्वीडेनको टेलियासोनेराले एनसेलमा रहेको ८० प्रतिशत शेयर एक अर्ब ३६ करोड ५० लाख अमेरिकी डलर अर्थात एक खर्ब ४४ अर्ब ७ करोडमा मलेसियन कम्पनी आजियटालाई बिक्री गरेको थियो । तर अहिले सोही शेयर पाँच करोड डलर अर्थात् साढे छ अर्बमा बिक्री गरिएकोप्रति उनले शंका व्यक्त गरे ।


क्लिकमान्डु