भारतमा चुनावी मतगणना अपडेट: ३ राज्यमा मोदीको पार्टीको अग्रता



एजेन्सी । भारतमा पाँच मध्ये चार राज्यमा विधानसभा निर्वाचनको मतगणना जारी रहेको छ । मध्य प्रदेश ,राजस्थान ,छत्तीसगढर तेलंगानामा भएको निर्वाचनको मत गणनाको प्रारम्भिक रुझानमा भारतीय जनता पार्टीले अग्रता बनाइरहेको छ ।

आगामी वर्ष हुने लोकसभा चुनावका लागि यी राज्यका परिणामलाई एक खालको सेमिफाइनलको रुपमा हेरिएको छ ।
आइतबातबार मध्य प्रदेश , छत्तीसगढ, राजस्थान जस्ता हिन्दी भाषी राज्य र दक्षिण भारतको तेलंगाना राज्को चुनावी नतिजा आइरहेको छ ।

उता मिजोरमको चुनावको गणना एक दिन पछिबाट थालिने जनाइएको छ ।

मध्य प्रदेशमा २३० सिट, राजस्थानमा १९९ , छत्तीसगढको ९० सिटमा कांग्रेस र बीजेपीबीच प्रतिस्पर्धा देखिएको छ ।

मध्यप्रदेशमा २३० मध्ये भाजपाले १६१ सिटमा अग्रता बनाउँदा कांग्रेसले ६६ र अन्यले ३ सिटमा अग्रता बनाइरहेको छ ।

त्यस्तै राजस्थानको १९९ सिटमा भाजपाले ११३,कांग्रेसले ७० र अन्य दलले १६ सिटमा अग्रता बनाएका छन् ।

छत्तीसगढको ९० सिटमा भाजपा ५२,कांग्रेस ३८ सिटमा अगाडी छन् ।

अर्को राज्य लेलंगनामा भने बिजेपी तेस्रो नम्बरमा रहेको छ । त्यहाँ पहिलो स्थानमा कांग्रेसले ६४ सिटको अग्रतामा रहेको छ भने दोस्रो स्थानमा बीआरएसले ४० र बिजेपीले ९ सिटमा अग्रता बनाइरहेका छन् ।

किन सेमिफाइनल?

यी पाँच राजेयको परिणामलाई सेमिफाइनलको रुपमा हेरिएको छ किनकी अर्को वर्ष लोकसभा चुनाव हुँदैछ र यी राज्यमा लोकसभाका लागि राम्रो सिट रहेको छ ।

लोकसभामाका लागि मध्यप्रदेशमा २९,राजस्थान २५,छत्तीसगढ ११ र तेलंगना १७ गरेर ८३ सिट रहेको छ ।

यी राज्यमा जुन पार्टीको सरकार बन्छ त्यसको आधारमा लोकसभा चुनावमा पनि सीटको जितको अनुमान लगाउन सकिने विश्लेषकहरुको भनाइ छ ।


क्लिकमान्डु