रणवीर र वविदेवलको ‘एनिमल’ले दुई दिनमै गर्यो १०० करोड बढीको व्यापार
काठमाडौं । रणवीर कपूर र बबी देओल स्टारर फिल्म ‘एनिमल’ले दुई दिनमा १ सय करोड बढी कमाएको छ ।
शुक्रबार ६३.८ करोडको ओपनिङ गरेको फिल्मले शनिबार ६०.९२ करोडको व्यापार गरेको छ । दुई दिनमा फिल्मले १२४.७२ करोड कमाएको छ।
सन्दीप रेड्डी वांगा निर्देशित फिल्ममा रणवीर कपुर र रश्मिका मन्डन्ना मुख्य भूमिकामा छन् ।
‘एनिमल’का केही दृश्यहरु सामाजिक सञ्जालमा लगातार ट्रेन्डिङ भइरहेका छन् । एनिमल फिल्मको ट्रेलर युट्युबमा ट्रेन्डिङमा रहेको छ । फिल्म एक साताभित्रै २०० करोड क्लबमा प्रवेश गर्ने अनुमान विज्ञहरूले गरेका छन् ।
एनिमल रणवीरको करियरको बसैभन्दा ठूलो ओपनिङसहित आएको छ । उक्त फिल्ल यस वर्षको सबैभन्दा ठूलो ओपनिङ गर्ने दोस्रो फिल्म बनेको छ ।
यसअघि शाहरु खानको पठान र जवान, सलमान खानको टाइगर ३ र यशको केजीएफ २ ले अहिलेसम्म दुई दिनमा १ सय कोरोड रुपैयाँको व्यापार गरेको थियो ।