वायुसेवा निगमको ग्राउण्ड ह्याण्डलिङ खोसिँदै, खुला प्रतिस्पर्धा गराउने निर्णय



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याण्डलिङ खोस्ने तयारी भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमले स्थापनाकालदेखि नै एकाधिकार पाएको यो सेवाको लागि अब प्रतिस्पर्धाबाट गराउने निर्णय गरेको छ ।

प्राधिरकणका सूचना अधिकारी ज्ञानेन्द्र भुलकाअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क नियमावली, २०७८ को नियम ५ (२) अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निगमलाई दिइएको भूमिस्थ प्रवन्ध सेवा (ग्राउण्ड ह्याण्डलिङ)मा प्रतिस्पर्धा गराउने निर्णय भएको छ ।

यो निर्णयपछि अब उक्त सेवाका लागि खुला प्रतिस्पर्धा हुने भएको छ । प्रतिस्पर्धाबाट जुन कम्पनी योग्य हुन्छ उसैले अब त्रिभुवन विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ सेवा पाउने उनले बताए ।


क्लिकमान्डु