अहिले पनि श्री ५ महाराजधिराज लेख्ने असंवैधानिक काम भयोः ओली



बैतडी । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा अन्योल, निराशा र जनता विदेश पलायन हुँदै जाँदा प्रतिक्रियावादी शक्तिहरु सल्बलाउन थालेको बताएका छन् ।

बिहीबार बैतडीको गोठलापानी आयोजित महाकाली-मेची अभियानअन्तर्गतको सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले अहिले राजाको शालिक बनाएर श्री ५ महाराजधिराज लेखि असंवैधानिक काम भइरहेको उनले बताए ।

गणतन्त्रको बिरोध गर्ने दुःशाहसी काम भइरहेको उनले बताए । अब नेपाली जनता पछाडि फर्किन नसक्ने भन्दै ओलीले कोही धनी र कोही गरिब हुन जन्मिने कुरा स्वीकार्य नहुने तर्क गरे ।

अध्यक्ष ओलीले अब गरिबी, अभाव, भोकमरीको अन्त्य गर्नुपर्ने र त्यो काम सरकारको भएको बताए ।


क्लिकमान्डु