सुन चाँदीको मूल्यले तोड्यो रेकर्ड, आज कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । सोमबार सुनको मूल्य अहिलेसम्मकै धेरै भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यसअघि छापावाला सुनको मूल्य प्रतितोला १ लाख १७ हजार पुग्दा नयाँ रेकर्ड कायम भएको जनाएको थियो । उक्त रेकर्डलाई ब्रेक गर्दै सोमबार मूल्यले नयाँ रेकर्ड कायम गरेको हो ।

महासंघअनुसार सोमबार सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ४ सय रुपैयाँ कायम भएको छ । आइतबार सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ९ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, सोमबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ८ सय रुपैयाँ कायम भएको छ । साथै, चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम भएको छ । चाँदीको मूल्य प्रतितोला १५ सय रुपैयाँ पुगेको छ । जुन हालसम्मकै उच्च हो ।


क्लिकमान्डु