भूकम्पप्रभावितलाई कृषि विकास बैंकको ५० लाख सहयोग
काठमाडौं । कृषि विकास बैंकले जाजरकोट भूकम्पप्रभावितलाई ५० लाख रुपैयाँ सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ५० लाख रुपैयाँको नमुना चेक हस्तान्तरण गरेका छन् ।
भूकम्पप्रभावितको उद्धार र राहतका लागि बैंकले सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा गरेको जनाएको छ ।
कार्यक्रममा उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपाने, विभागीय प्रमुख बीना शर्मा, वरिष्ठ शाखा प्रमुखद्वय ध्रुव पौडेल र सरोज महत एवं प्रधानमन्त्रीका निजी सचिव गंगा दाहाललगायतको उपस्थिति थियो ।
कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र पश्चिम रुकुम जिल्लामा ठूलो मानवीय तथा जनधनको क्षति भएको छ ।