राष्ट्रपतिले आममाफी दिएका रेशम चौधरीविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ



काठमाडौं । सरकारबाट आममाफी पाएका रेशम चौधरीविरुद्ध दायर भएको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ ।

टीकापुर नरसंहारमा मारिएका सशस्त्र प्रहरी निरीक्षक केशव बोहोराकी श्रीमती शारदा कडायतले दायर गरेको रिटमा आज अन्तिम सुनुवाइ हुन लागेको हो । बोहोराले गत जेठ १६ गते सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।

गणतन्त्र दिवसको अवसरमा गएको जेठ १५ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीलाई बाँकी कैद मिनाहा हुने गरी माफी दिएका थिए ।

क्रुर, अमानवीय तथा गम्भीर मानव अधिकार उल्लङ्घनको घटनामा संलग्नलाई राष्ट्रपतिले माफी मिनाहा दिएको भन्दै यसको चौतर्फी आलोचना भइरहेको छ ।

सरकारबाट आममाफी पाएका योगप्रसाद ढकाल रिगलको कैद मिनाहालाई यसअघि सर्वोच्चले बदर गरिदिएको थियो । त्यसपछि उनी पक्राउ परेका थिए ।


क्लिकमान्डु