सरकारद्वारा मकैको ८ वटा जात सिफारिश



काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खाद्यान्न बाली अन्तर्गत मकैको ८ वटा नयाँ जात सिफारिस गरेको छ ।

कात्तिक १६ गते बसेको मन्त्रीस्तरीय बैठकले भारतमा विकास भएका मकैको वर्णशंकर समूहको ८ वटा नयाँ जात सिफारिस गरेको हो । मकैको वर्णशंकर जातहरु ३४९९, एमवीएस ११५५, एनएसएच ८३९२, टिएमएमएच २८५८, आरएमएच ५६७, सुपर ९०९०, सिरी ४४५६ र सुपर किङ्ग ४४५५ सिफारिस गरिएको मन्त्रालयले जनाएको छ ।

यो मकैको उत्पादन क्षमता प्रतिहेक्टर ८ दशमलब ४२ टन देखि ९ टन छ । यो बाली लगाएको १ सय ६५ देखि १ सय ८३ दिनमा तयार हुन्छ । मकैका यी वर्णशंकर जातको बाली समुन्द्री सतहदेखि सात सय मिटर उचाईमा र तराईदेखि भित्री मधेशका क्षेत्रमा खेती गर्न सकिने मन्त्रालयले जनाएको छ ।


क्लिकमान्डु