संसद्को अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद्को निर्णय



काठमाडौं । सरकारले चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद्‍ बैठकले चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।

बिहान ११ बजे बस्ने बैठकमा शीर्ष नेताहरुले सम्बोधन गरेर संसदको चालु अधिवेशन अन्त्य गर्ने तयारी छ ।

संक्रमणकालीन न्याय (टीआरसी) र सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पास गर्न भन्दै सरकारले बजेट अधिवेशनलाई दसैंतिहारसम्म लम्ब्याएको थियो । तर, ती दुवै विधेयक पास नगरी अधिवेशन अन्त्य गरिने भएको छ ।

मन्त्रिपरिषद् बैठकले सहसचिवद्वय राधिका अर्याल र विश्वबाबु पुडासैनीलाई सचिवमा बढुवा गर्ने निर्णय पनि गरेको छ ।


क्लिकमान्डु