मुलुकको हितका लागि छलफल गर्ने छुट्टै फोरम बनाऊँ: सभापति लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीगत फोरमहरुमा मात्रै नभएर मुलुकको हितका लागि छलफल गर्ने छुट्टै फोरम बनाउन आवश्यक रहेको बताएका छन् ।

नेकपा एमालेले बुधबार आयोजना गरेको चियापान कार्यक्रममा उनले सबै राजनीतिक दलहरुको राष्ट्रिय हितमा छलफल हुने फोरमहरु बन्नुपर्ने बताएका हुन् ।

विभिन्न चाडपर्वका अवसरमा आयोजन हुने चियापान कार्यक्रमले पार्टीहरुबीच सद्भाव बढाउन भने मद्दत गर्ने उनको भनाइ छ ।

उनले सबै पार्टीका साझा मुद्दा एउटै भएकाले सबैले देशको समृद्धि चाहेको बताए ।


क्लिकमान्डु