ट्राफिक चेकिङमा अबदेखि नागरिक एपबाटै लाइसेन्स देखाउन मिल्ने



काठमाडौं । ट्राफिक चेकिङ हुँदा अबदेखि नागरिक एपबाटै लाइसेन्स देखाउन सक्ने व्यवस्था गरेको छ । नागरिक एपले आज सार्वजनिक सूचना जारी गर्दै ट्राफिक चेकिङ हुँदा नागरिक एपबाट लाइसेन्स देखाउन सक्ने जनाएको हो ।

‘नेपाली नागरिकले ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकिङको बखतमा नागरिक एपमार्फत देखाएको सवारी चालक अनुमति पत्रलाई मान्यता दिने व्यवस्था देशव्यापी रुपमा कार्यान्वयनमा आएको छ,’ जारी सूचनामा उल्लेख छ ।

तर, त्यसमा नागरिक एपमा लाइसेन्स भने लिंक हुनुपर्नेछ । नागरिक एपमा सवारी चालक अनुमति पत्र लिंक भएको छैन भने लिंक गर्न अनुरोध गरेको छ ।


क्लिकमान्डु