पर्यटन प्रवर्धनका लागि ‘बुलेट राइडर’को समूह ढोरपाटनमा



फाइल तस्बिर

बागलुङ । पर्यटन प्रवर्धनका लागि काठमाडौंबाट ‘बुलेट राइडर’को समूह शनिबार ढोरपाटन आएको छ । नेपालको आन्तरिक पर्यटन प्रवर्धन गर्दै आएको उक्त समूहले यसपटक ढोरपाटनलाई रोजेको हो ।

उनीहरुको यात्रा ६ दिन लामो छ । ४० बुलेट बाइकमा ४५ जना ढोरपाटन आएको ढोरपाटन नगरपालिकाका उपप्रमख कल्याण कायतले जानकारी दिए ।

पर्यटकसँग सीधा सम्पर्क गर्न खोजेको बताउँदै उनले ढोरपाटन भ्रमण रोजेकोमा बुलेट राइडरप्रति आभार व्यक्त गरे । उनीहरु दुई दिन पहिले काठमाडौंदेखि हिँडेका थिए । बुलेट बाइकप्रेमीलाई ढोरपाटन ल्याउने योजनाअनुसार ढोरपाटन सिकार आरक्षसम्मको ६ दिने राइड सञ्चालन भएको हो ।

 दसैँ बिदाको सदुपयोग गर्दै आन्तरिक पर्यटक प्रवर्धन गर्ने गरी बुलेट बाइक समावेश गरी ६ दिने राइड सञ्चालन गरिएको आयोजक बुलेट सर्भिस सेन्टर बालाजुका सञ्चालक सञ्जय बुढाथोकीले जानकारी दिए । काठमाडौँदेखि शुक्रबार सुरु भएको यात्रा पोखरा हुँदै ढोरपाटन पुगेर कात्तिक १५ गते पुनः काठमाडौं फर्किनेछ ।

सञ्चालक बुढाथोकीले हरेक वर्ष नेपालका कम्तीमा पनि तीन पर्यटकीय क्षेत्रको बुलेट राइड आयोजना गर्दै आएका छन् । अघिल्लो पटक भारतको सिक्किम ग्यान्टोकसम्म राइड सञ्चालन गरिएको थियो ।


क्लिकमान्डु