वायुसेवा निगमले तीन नयाँ जहाज किन्दै, ४५ दिनको समय दिएर बोलपत्र आह्वान



फाईल तस्बिर

काठमाडौं । नेपाल वायुसेवा निगमले  दुर्गम क्षेत्र उडानको लागि ३ वटा नयाँ जहाज किन्ने भएको छ ।

निगमले  जहाज किन्न  आइतबार ४५ दिनको समय दिएर सार्वजनिक प्रस्ताव आह्वान गरेको छ । निगमले छोटो दुरीको उडान तथा अवतरण गर्ने (स्टोल) जहाज किन्ने भएको हो ।

निगमले आफ्नै स्रोतबाट जहाज किन्ने भएको छ। ३ वटा जहाज किन्न निगमसँग भएको सञ्चित कोष प्रयोग गर्दै छ । उक्त कोषमा ३ अर्ब भन्दा बढी रकम रहेको छ ।


क्लिकमान्डु