नेटा भी अब २० प्रतिशत डाउनपेमेन्टमा, कुन-कुन बैंकबाट पाइन्छ कर्जा ?



काठमाडौं । नेटा भी इलेक्ट्रिक गाडीका नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटर्स प्रालिले बिक्री गर्दै आएका गाडी २० प्रतिशत डाउनपेमेन्टमा सहज रुपमा कर्जामा उपलब्ध हुने भएको छ ।

गाडी किन्दा ग्राहकलाई छिटोछरितो र सहजताका साथ आकर्षक ब्याजदरमा ८० प्रतिशतसम्म सवारी साधन कर्जा उपलब्ध गराउने संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रभु बैंक, कामना सेवा बैंक, एनएमबी बैंक र नविल बैंकबाट सहज कर्जा उपलब्ध हुनेछ ।

यो योजना सिजी मोटर्सका सम्पूर्ण आधिकारिक विक्रेताबाट नेपालभर लागू हुने भएकाले देशभरका सबै सोरुमबाट ग्राहकहरुले सुविधा लिन सक्नेछन् ।

नेटा भी क्रसओभर सेग्मेन्टमा बोल्ड लुक्समा पियोर ईभी प्लेटफर्ममा उत्पादित गाडी हो । जसमा कम्पनीले ३८.५ किलोवाट पावर क्षमताको ब्याट्रीको साथमा ७० किलोवाट क्षमताको मोटर प्रदान गरेको छ । जसले १६० एनएमको टर्क उत्सर्जन गर्ने क्षमता राख्छ ।

करिब २० मिनेटमै ३० देखि ८० प्रतिशत फास्ट चार्ज हुने गाडीले फुल चार्जमा ३८०  किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ । विश्वकै ठूलो ब्याट्री उत्पादक कम्पनी ‘सिएटीएल’ले उत्पादन गरेको लिथियम आयोन ब्याट्री प्रयोग भएको नेटा भीको ब्याट्रीसहित मोटरमा कम्पनीले १ लाख ५० हजार किलोमिटर वा ८ वर्षको वारेन्टी प्रदान गरेको छ । प्रयोगकर्ताले ६.६ किलोवाट क्षमताको होम चार्जरको सुविधासमेत पाउनेछन् ।

हाल नेटा भीमा ग्राहक लक्षित ‘डिक्की फुल अफर’ योजना पनि चलिरहेको छ, जसमा विभिन्न इलेक्ट्रोनिक उपकरणहरु उपहारको रुपमा ग्राहकलाई दिइएको छ ।


क्लिकमान्डु