प्रधानमन्त्रीलाई कसले देखायो कालो झण्डा ?



कैलाली । कैलालीमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कालो झण्डा देखाइएको छ । मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यकर्ताले प्रधानमन्त्रीलाई कालो झण्डा देखाएको हुन् ।

लम्कीचुहा नगरपालिकाको भवन शिलान्यास गरेर धनगढी फर्किने क्रममा सोमबार मसुरियामा पार्टीले कालो झण्डा देखाएका थिए ।

व्याख्यात्मक टिप्पणीको नाममा राष्ट्रघाती सम्झौता एमसीसी पास गरेकाले कालो झण्डा देखाएको क्रान्तिकारीले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले धनगढीमा हुने समाजवादी मोर्चाको भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ ।


क्लिकमान्डु