राजनीतिक दल एउटा चुनावबाट अर्को चुनाव लक्षित हुनु हुँदैनः रवि लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले राजनीतिक दल एउटा चुनावबाट अर्को चुनावमा लक्षित हुन नहुने बताएका छन् ।

सोमवारबाट सुरु भएको पार्टीको नीति मन्थन कार्यक्रममा रास्वपा सभापति लामिछानेले राजनीतिक दल एउटा चुनावबाट अर्को चुनावमा लक्षित नभई एउटा पुस्ताबाट अर्को पुस्तामा लक्षित हुनुपर्ने बताएका हुन् ।

उनले राजनीतिक दलका विचार र अभिव्यक्तिहरु स्पष्ट नआउँदा अनुमानको घेरामा आफूहरु पनि परेको बताए । उनले यो परिवर्तनमा सारा जीवन बिताएका नेताहरुप्रति कहिलेकाहीँ विषय केन्द्रित कटाक्ष गरे पनि मुलुकको परिवर्तनमा उनीहरुले दिएको योगदानलाई अवमूल्यन गर्ने आँट, शाहस र योजना नरहेको तर्क गरे ।

सभापति लामिछानेले रास्वपा नयाँ पार्टी भएकाले सिक्दै र बुझ्दै जाने प्रयासमा रहेको बताए । उनले पुराना राजनीतिक दलहरुमा अझै पनि राणा शासन कायम रहेको आरोप लगाए । उनले देशले व्यवस्था बदलेको भए पनि राजनीतिक दलभित्र आन्तरिक लोकतन्त्र नहुँदा समस्या आएको बताए ।


क्लिकमान्डु