देशको अर्थनीति डामाडोल छः नेता कोइराला



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले कांग्रेस एकजुट भए कसैले पनि परास्त गर्न नसक्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक उपलब्धि धेरै भइसकेको बताए।

जनताको मनमा छुनसके कसैले पनि पराजित गर्न नसक्ने उनको भनाइ छ । देशको अर्थनीति डामाडोल रहेको कोइरालाले बताए ।

‘राजनीतिक उपलब्धि त धेरै भइसक्यो, ७० वर्षपछि संविधान पायौँ, यो सबैभन्दा ठूलो उपलब्धि हो । चुनौति त धेरै छन् । हामी एकजुट भयौँ भने जतिसुकै अरु दल मिलुन्, हामीलाई परास्त गर्न सक्दैनन् । मलाई न भाषण गर्न आउँछ न केही, तर मैले जनताको मन छोएको छु । हाम्रो अर्थनीति डामाडोल छ । तर हाम्रो दृष्टि प्रष्ट हुनुपर्छ । नेपाली कांग्रेसलाई एकजुट पारौँ । एकजुट भए योजना आयोगको तर्जुमा गर्दा दीर्घकालीन योजना कुन कस्तो बनाउने ? जनतालाई छुनेगरी बनाउने हो की होइन’ कोइरालाले भने ।

नेता कोइरालाले एकजुट योजना तर्जुमा गर्दा दीर्घकालीन योजना बनाउनुपर्ने बताए ।


क्लिकमान्डु