दूषित पानी बेच्ने उद्योगलाई काठमाडौं महानगरले गर्यो १ लाख जरिवाना
काठमाडौं । काठमाडौं महानगरपालिकाले दूषित खानेपानी बिक्री गरेको अभियोगमा बूढानीलकण्ठस्थित पशुपति स्प्रिङ वाटर उद्योगलाई १ लाख रुपैयाँ जरिवाना तिराएको छ ।
महानगरपालिकाका निरीक्षण अधिकृत डा. अवधेश झाका अनुसार उक्त उद्योगबाट उत्पादित जारको पानी दूषित अवस्थामा पाइएकाले जरिवाना गरिएको हो ।
उद्योगलाई पानीको जारभित्र कीरा नभएको निर्क्यौल गर्न, जारमा खानेपानी भर्नुअघि भाँडो निर्मलीकरण गर्न र ढुवानी गर्दा अनिवार्य पानीको गुणस्तरसम्बन्धी प्रयोगशालाको रिपोर्ट राख्न महानगरपालिकाले निर्देशन दिएको छ ।