एक हप्तामा सुनको मूल्य प्रतितोला २९ सय रुपैयाँले बढ्यो



काठमाडौं । एक हप्तामा सुनको मूल्य प्रतितोला २९ सय रुपैयाँले बढेको छ ।

असोजको दोस्रो हप्तामा सुनकाे मूल्य निरन्तर घटेर प्रतितोला १ लाख ६ हजार ६ सय रुपैयाँ कायम भएको थियो । तर, तेस्रो हप्तामा मूल्य निरन्तर उकालो लाग्दा प्रतितोला २९ रुपैयाँले बढेको छ ।

गत असोज १७ गतेदेखि बढ्न थालेको सुनको मूल्य असोज २५ सम्म आइपुग्दा २९ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघअनुसार बुधबार प्रतितोला एक सय रुपैयाँले घटेर १ लाख ८ हजार ८ सय रुपैयाँ कायम भएको थियो । बिहीबार प्रतितोला ७ सय रुपैयाँले बढेर १ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, बिहीबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर १३ सय ५० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु