इजरायलमा सम्पर्कविहीन महेन्द्रनगरका जोशीको खोजी जारी, अस्पतालमा खोजी गर्दा फेला परेनन्

483
Shares

काठमाडौं । इजरायलस्थित नेपाली दूतावासले हमास समूहको आक्रमणमा परेर सम्पर्कविहीन कञ्चनपुरको महेन्द्रनगरका विपिन जोशीको खोजी कार्य जारी राखेको जनाएको छ ।

दूतावासले आक्रमणपछि सकुशल अवस्थामा उद्धार गरिएका उनीसँगै बस्दै आएका एक विद्यार्थीलाई साथमा लगेर विभिन्न अस्पतालहरुमा खोजी गरिरहेको जनाएको छ।

दूतावासले बुधबार बिहान परराष्ट्र मन्त्रालयलाई अस्पतालहरुमा खोजी गर्दा विपिन घाइते अवस्थामा फेला नपरेका र खोजीका लागि इजरायली प्रहरीको सहयोग मागिएको जानकारी गराएको छ।

‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत गत भदौ अन्तिम साता विपिन इजरायल गएका थिए । उनीसँगै इजरायल गएका अन्य १० नेपाली विद्यार्थीको भने हमासको आक्रमणमा मृत्यु भइसकेको छ ।

Skip This