संस्थापक सेयर बिक्री गरेर प्रभु बैंकबाट बाहिरिँदै विनोद थकाली
काठमाडौं । प्रभु बैंकका संस्थापक सेयरधनी विनोद थकाली आफ्नो नाममा रहेको सेयर निष्कासन गरेर बैंकबाट निस्कने तयारीमा जुटेका छन् ।
उनले आफ्नो नाममा रहेको १ लाख ५२ हजार ८०५ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेका छन् ।
उक्त सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले ३५ दिन भित्र आवेदन दिन सक्नेछन् । संस्थापक सेयर खरिद गर्न चाहनेले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा निवेदन दिनुपर्ने छ ।
३५ दिन भित्र संस्थापक सेयरधनीको आवेदन नपरेको खण्डमा अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने छ ।