इजरायलको बंकरमा लुकेका विद्यार्थीसँग प्रधानमन्त्रीको भिडियो कुराकानी, चाँडो नेपाल फर्काउन आग्रह

140
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले इजलरायलमा रहेका विद्यार्थीसँग कुराकानी गरेका छन् ।

प्रधानमन्त्रीले सुदूरपश्चिम विश्वविद्यालयबाट गएका विद्यार्थीहरुमध्ये एक विपिन सुवेदीसँग भर्चुअल माध्यमबाट सम्वाद गरेका हुन्।

‘सिक्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका ४९ जना विद्यार्थीहरुको टिम लिडर विपिन सुवेदीसँग प्रधानमन्त्री दाहालले भिडियो मेसेन्जरबाट कुरा गरेका हुन् ।

‘हामी अस्ति रातिदेखिनै लागिरहेका छौं । यही विषयका लागि मन्त्रिपरिषद् र सर्वदलीय बैठक बोलाइएको छ । राजदूतावाससँग पनि लगातार कुराकानी भइरहेको छ । केही मान्छे ह्याबोक्रिएट गर्ने खालका हुन्छन् झुटोमुटो कुरा गरेर साथीहरुलाई तपाईंले कम्युनिकेट गर्नुहोला’ प्रधानमन्त्रीले भने ।

सुवेदीले आफूहरुलाई छिटोभन्दा छिटो नेपाल फिर्ता गर्ने व्यवस्था गर्न प्रधानमन्त्रीसँग आग्रह गरे ।

Skip This