सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढ्यो
काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको छ ।
आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ६ सय रुपैयाँ कायम भएको थियो । सोमबार प्रतितोला एक हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ८ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, सोमबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँ कायम भएको छ ।
साथै, सोमबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर १३ सय ४५ रुपैयाँ कायम भएको छ ।