मध्यपूर्वको द्वन्द्वका कारण तेलको मूल्यमा वृद्धि
काठमाडौं । एसियाली बजारमा पेट्रोलियम तेलको मूल्य प्रति ब्यारल ३ अमेरिकी डलरले वृद्धि भएको छ ।
समाचार एजेन्सी रोयटर्सकाअनुसार इजरायल र प्यालेटाइनी समूह हमासबीच भएको द्वन्द्वका कारण एसियाली बजारमा तेलको मूल्यमा वृद्धि देखिएको हो ।
मध्यपूर्वमा देखिएको राजनीतिक द्वन्द्व र यसले वितरण प्रणालीमा पार्न सक्ने असरका कारण तेलको मूल्यमा अचानक वृद्धि देखिएको रोयटर्सले जनाएको छ ।
बैन्ट क्रुड तेलको मूल्य ३.१० अमेरिकी डलर (३.६७ प्रतिशत)ले वृद्धि भएर ८७.६८ अमेरिकी डलर प्रति ब्यारल पुगेको छ । त्यस्तै, युएस वेस्ट टेक्सस इन्टरमिडियट क्रुडको मूल्यमा पनि ३.२६ अमेरिकी डलर (३.९४ प्रतिशत)को वृद्धि देखिएको छ ।
एएनजेड बैंकका विशेषज्ञलाई उदृत गर्दै रोयटर्सले भनेको छ, ‘मध्यपूर्वमा बढ्दै गएको भूराजनीतिक जोखिमले तेलको मूल्यलाई असर गर्छ । धेरै उतारचढाव देख्न सकिने अवस्था छ ।’
प्यालेटाइनी समूह हमासले शनिबार इजरायलमा हवाई हमला गरेको थियो । जवाफमा इजरायलले पनि अहिले हमास समूह रहेका ठाउँहरुमा हमला गरेको छ । इजरायल प्यालेस्टाइनमा गरि १ हजार १ सयभन्दा बढीले ज्यान गुमाएको बीबीसीले जनाएको छ ।
हमासको आक्रमणमा परि १० नेपालीले पनि ज्यान गुमाएका छन् ।