फोन पेको नयाँ ‘सुपरयात्रा’ अभियान, म्याकबुक एयर जित्ने मौका
काठमाडौं । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे ले ‘फोन पे सुपरयात्र’ नामक नयाँ अभियान सञ्चालन गरेको छ । अभियानको उद्देश्य, मोबाइल बैंकिङ एपमार्फत एयरलाइन्स टिकट खरिद गर्दा ग्राहकबीच डिजिटल भुक्तानीको सहजतालाई झल्काउनु हो ।
‘सुपरयात्रा’ अभियान असोज १७ देखि कात्तिक ११ सम्म लागू हुनेछ । अभियानअन्तर्गत एक भाग्यशाली ग्राहकले उपहारस्वरुप म्याकबुक एयर प्राप्त गर्नेछन् । अतिरिक्त लाभको रूपमा नयाँ ग्राहकले प्रोमो कोड सुपर यात्रा २०० प्रयोग गरी आफ्नो पहिलो एयरलाइन टिकट खरिद गर्दा २०० रुपैयाँ क्यास ब्याक पाउनेछन् ।
यस अभियानमा सहभागी हुन ग्राहकले तोकिएको अभियान अवधिमा मोबाइल बैंकिङ एपमार्फत कम्तीमा एउटा एयरलाइन टिकट खरिद गर्नुपर्नेछ ।
अभियानले मोबाइल बैंकिङ एपमार्फत एयरलाइन टिकट खरिद गर्ने सहजतालाई मनाउनुको साथै यस चाडपर्वको घडीमा अधिकांश ग्राहकको यात्रामा थप ऊर्जा थप्ने लक्ष्य पनि राखेको छ ।