एनआईसी एशिया क्यापिटलको चाडपर्व अफर, निःशुल्क लगानी व्यवस्थापन सेवा

231
Shares

विश्व लगानीकर्ता सप्ताह तथा नेपालीहरुको महान चाड बडादसैं, तिहार, नेपाल सम्वत् ११४४ तथा छठ पर्वको अवसर पारेर एनआईसी एशिया क्यापिटलले निःशुल्क लगानी व्यवस्थापन सेवा प्रदान गर्ने भएको छ ।

कम्पनीले असोज २१ देखि मंसिर १५ सम्म आबद्व हुने ग्राहकलाई निःशुल्क लगानी व्यवस्थापन सेवा प्रदान गर्ने भएको हो । जसअनुसार निःशुल्क लगानी व्यवस्थापन सेवा प्रदान गर्ने, बाहिरिँदा शुल्क नलाग्ने र नाफाको १० प्रतिशत मात्र पफर्मेन्स शुल्क लाग्ने कम्पनीले जनाएको छ ।

त्यस्तै असोज महिनाका लागि वार्षिक ११.४६ प्रतिशत ग्यारेन्टेड प्रतिफल दिनुका साथै अन्य शुल्क लागू नहुने जारी विज्ञप्तिमा उल्लेख छ ।

सोही अवसरमा कम्पनीले सेयर क्लिनिक र संस्थापक समूहको सेयर कारोवार गर्न प्लेटफर्म उपलब्ध गराउने भएको छ । सेयर क्लिनिकमार्फत ग्राहकले होल्ड गरेका सेयरलाई रिब्यालेन्सिङ र रिकन्सट्रक्सन गर्न आवश्यक सेवा उपलब्ध गराइने छ । त्यस्तै न्यून जोखिम लिई अधिकतम नाफा प्राप्त गर्न सकिने सन्दर्भमा विशेषज्ञहरुबाट आवश्यक परामर्श उपलब्ध गराउने तथा सेयरबजारको समग्र परिस्थिति अध्ययन गरी लगानी रणनीति बनाउन सहयोग गर्ने कम्पनीले जनाएको छ ।

त्यस्तै हाल धितोपत्रको दोस्रो बजारमा सूचीकृत कम्पनीहरुको संस्थापक समूहको सेयर खरिद-बिक्री प्रक्रिया झन्झटिलो रहेको र कारोबार गर्न लामो समय लाग्ने भएकाले संस्थापक समूहको सेयर कारोबारलाई सहज गरिदिने मुख्य उद्देश्यका साथ संस्थापक सेयर कारोबार प्लेटफर्म सञ्चालनमा ल्याएको क्यापिटलले जनाएको छ ।

Skip This