फोर्स मोटर्सका गाडी किन्न रिलायन्स फाइनान्सबाट सहजपूर्ण कर्जा, ७० प्रतिशतसम्म पाइने



काठमाडौं । नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटल प्रालिले रिलायन्स फाइनान्ससँग फोर्स ब्रान्डका सवारी साधनलाई सहज कर्जा उपलब्ध गराउन वित्तीय सम्झौता गरेको छ ।

सम्झौता पत्रमा आयाम इन्टरकन्टिनेटलका तर्फबाट अध्यक्ष डा. ध्रुव थापा र रिलायन्स फाइनान्सका तर्फबाट सीईओ समजप्रकाश श्रेष्ठ र डेपुटी सीईओ रामहरि आचार्यले हस्ताक्षर गरेका छन् ।

सम्झौताअन्तर्गत आयाम इन्टरकन्टिनेटलको सिफारिस प्राप्त ग्राहकले फोर्स ब्रान्डका सवारीसाधन खरिदका लागि रिलायन्स फाइनान्सबाट अधिकतम ७० प्रतिशत सहजपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन् ।

आयाम इन्टरकन्टिनेटल प्रालिका देशभरका सम्पूर्ण डिलर र रिलायन्स फाइनान्सका विभिन्न शाखाबाट कर्जा सुविधा उपलब्ध हुने जनाइएको छ । फोर्स मोटर्सको नेपालका २२ वटा प्रमुख स्थानमा डिलर र सर्भिस सेन्टर छन् ।

फोर्स मोटर्सका गाडी खरिद गर्न चाहने ग्राहकलाई दसैं र तिहारको अवसरमा कम्पनीले आकर्षक योजना पनि सार्वजनिक गरेको छ । कम्पनीका अनुसार बैंकमा ग्राहकले तिर्नुपर्ने ब्याजमा ५० प्रतिशत क्यास ब्याक, एक्सचेन्जमा कम्तीमा ४ लाखको मूल्यांकन, १ वर्षको मर्मतसम्भार खर्च र बिमा फ्रीलगायतका अफर सार्वजनिक गरिएको छ ।


क्लिकमान्डु