प्रचण्डको निर्वाचन क्षेत्रमा बाबुरामको गाडी पटकपटक फसेपछि…
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई गृहजिल्लाका विभिन्न स्थानमा जाने क्रममा सडकका कारण समस्यामा परेका छन् ।
गृहजिल्ला गोरखाको भीमसेन गाउँपालिका-६ मा पटक पटक उनी सवार गाडी फसेको थियो ।
हिलाम्मेबाटोमा गाडी फसेको तस्बिर उनले सामाजिक सञ्जालमा राखेका छन् ।
‘गोरखा भीमसेन गापा-६ रिपमा पटक पटक गाडी फसेको कटु अनुभव ! ग्रामीण क्षेत्रका प्रायः सडकको अवस्था यस्तै !’ भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् ।
यसअघि चुनाव जित्दै आएको गोरखाको निर्वाचन क्षेत्र गत मंसिरमा सम्पन्न निर्वाचनमा भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई समर्थन गरेका थिए । दाहाल अहिले प्रधानमन्त्री रहेका छन् ।