सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढ्यो



काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ३ सय रुपैयाँ कायम भएको थियो । आइतबार प्रतितोला ३ सय रुपैयाँले बढेर १ लाख ७ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ७ हजार १ सय रुपैयाँ कायम भएको छ ।

साथै, आइतबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर १३ सय ३० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय १० रुपैयाँ कायम भएको थियो ।


क्लिकमान्डु