यो वर्षको नोबेल शान्ति पुरस्कार नर्गेस महोम्मदीलाई



काठमाडौं । यो वर्षको नोबेल शान्ति पुरस्कार नर्गेस महोम्मदीलाई प्रदान गर्ने घोषणा भएको छ ।

नर्वेजियन नोबेल कमिटीले यो वर्षको नोबेल शान्ति पुरस्कार महोम्मदीलाई दिने घोषणा गरेको हो ।

इरानकी मानव अधिकारकर्मी उनलाई त्यहाँ महिला उत्पीडनको विपक्षमा गरेको लडाई र मानव अधिकार तथा स्वतन्त्रताको पक्षमा गरेको संघर्षका लागि नोबेल पुरस्कार दिने घोषणा गरिएको हो ।

महोम्मदी नार्गेस हाल ‘डिफेन्डर्स अफ ह्युमन राइट सेन्टर (डिएचआरसि)’की उपाध्यक्ष हुन् । पत्रकार समेत रहेकी उनले सन् २००३ मा यो संस्थामा आवद्ध भएकी थिइन् । इरान सरकारको आलोचना गरेका कारण उनलाई पटक पटक कैद गरिएको छ ।


क्लिकमान्डु