एफवान सफ्ट ग्रुपसँग तीन राष्ट्रिय क्रिकेट खेलाडी ब्रान्ड एन्डोर्सरको रूपमा आबद्ध



ललितपुर । एफवान सफ्ट ग्रुपले तीन प्रख्यात नेपाली राष्ट्रिय क्रिकेट खेलाडीसँग ब्रान्ड एन्डोर्सरको रूपमा सम्झौता गरेको छ । एफवान सफ्ट ग्रुपको सहायक कम्पनीहरू फोनपे, ईसेवा र ईसेवा मनि ट्रान्सफरले क्रमशः कुशल भुर्तेल, रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीसँग सम्झौता गरेको हो ।

बिहीबार एफवान सफ्ट ग्रुपका निर्देशक सुवास शर्मा, ईसेवाका चिफ बिजनेस अफिसर आशिष गौतम, ईसेवा मनि ट्रान्सफरका बिजनेस अपरेसन म्यानेजर सुमित भण्डारी र फोनपेका चिफ बिजनेस अफिसर सुमित दासको उपस्थितिमा खेलाडीहरुसँग हस्ताक्षर भएको छ ।

साझेदारीसँगै एफवान सफ्ट ग्रुपले नेपालको क्रिकेट खेलमा जीवन समर्पण गरेका खेलाडीलाई भरपुर साथ दिने लक्ष्य राखेको जनाएको छ  ।

एफवान सफ्ट ग्रुपका निर्देशक शर्माले राष्ट्रिय नायकहरूसँग जोडिन पाउँदा गर्व महसुस भएको बताएका छन् । ‘यस साझेदारीको प्राथमिक उद्देश्य हाम्रो क्रिकेट प्रतिभालाई अटल समर्थन प्रदान गर्नु र खेलाडीको व्यक्तिगत र व्यावसायिक विकासमा सहयोग गर्नु हो,’ उनले भने ।


क्लिकमान्डु