सवारी कर्जामा राष्ट्र बैंकको लचिलो नीति, जोखिम भार घट्यो



काठमाडौं । नेपाल राष्ट्र बैंकले सवारी कर्जामा लचिलो नीति लिएको छ ।

राष्ट्र बैंकले ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७९ संशोधन गरी २५ लाख रुपैयाँभन्दा महँगा सवारी साधन कर्जाको जोखिम भार १५० प्रतिशतबाट १२५ प्रतिशत पुर्‍याएको हो ।

हाल २५ लाख रुपैयाँभन्दा बढी कर्जा लगानी गर्दा जोखिम भार १५० प्रतिशत रहेकोमा राष्ट्र बैंकले एकीकृत निर्देशिका संशोधन गर्दै जोखिम भार १२५ प्रतिशत पुर्‍याएको हो ।


क्लिकमान्डु