साहित्यतर्फको नोबेल पुरस्कार जोन फोसेलाई
एजेन्सी । यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार नर्वेका लेखक जोन फोसेले पाउने घोषणा भएको छ ।
रोयल स्वीडिस एकेडेमीले बिहीबार फोसेलाई पुरस्कार दिने घोषणा गरेको हो । उनलाई आवाजबिहिनहरुका लागि आवाज दिने गद्य र नाटकहरुका लागि पुरस्कार दिइने एकेडेमीले जनाएको छ ।
६४ वर्षिय फोसे मुख्य गरि नाट्य लेखनमा सक्रिय रहेका नर्वेजियन लेखक हुन । उनी हेर्सिक इस्बेनपछि नर्वेका सबैभन्दा धेरै प्रस्तुतीकरण भएका नाट्य लेखक हुन ।
उनको पहिलो पुस्तक रेड ब्ल्याक उपन्यासका रुपमा १९८३ मा सार्वजनिक भएको थियो । उनका दर्जनौं उपन्यास र नाटकहरु छन् ।