रिगलको कैद मिनाहा गर्नुको कारणबारे सर्वोच्चले माग्यो सरकारसँग जवाफ



काठमाडौं । सर्वोच्च अदालतले योगराज ढकाल ‘रिगल’को कैद मिनाहा गर्ने सरकारी निर्णयविरूद्ध परेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।

बिहीबार न्यायाधीश मनोजकुमार शर्माको इजलासले सात दिनभित्र लिखित जवाफ पेस गर्न विपक्षीहरूलाई आदेश दिएको छ ।

बाँकेको नेपालगञ्जमा दिउँसै व्यक्तिको हत्या गरेको आरोपमा दोषी ठहर भएका रिगललाई संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले बाँकी कैद मिनाह गरेपछि उनकी कैद मुक्त भएका थिए ।

रिगलले हत्या गरेका चेतन मानन्धरकी श्रीमती भारतीले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । उनी रिले अनशनमा बसेकी छिन् ।

यो रिटलाई अग्राधिकारमा राखेर सुनुवाइ गर्न आदेश दिएको सर्वोच्चले अर्को सुनुवाइको पेसी असोज २५ गतेलाई तोकेको छ ।


क्लिकमान्डु