हुन्डाईले ‘फेस्टिभ कार्निवल’ आयोजना गर्ने, सबै सोरुममा फरक-फरक कार्यक्रम



काठमाडौं । आउँदै गरेको नेपालीहरुको महान चाड बडादसैं, तिहार र छठको अवसर पारेर हुन्डाई नेपालले फेस्टिभ कार्निभल आयोजना गर्ने भएको छ ।

चाडपर्व लक्षित गरी ल्याएको हुन्डाई फेस्टिभ डिलाइटअन्तर्गत ‘हुन्डाई फेस्टिभ कार्निवल’ असोज १९ देखि २१ सम्म देशभरका सबै सोरुमबाट सञ्चालन हुने कम्पनीले  जनाएको छ । हुन्डाई  फेस्टिभ कार्निवल ग्राहकसँग प्रत्यक्ष भेटघाट गरी शुभकामना आदानप्रदान गर्दै विभिन्न कार्यक्रम आयोजना गरी मनाइनेछ ।

कार्निवलमा हुन्डाईका सबै सोरुममा फरक-फरक कार्यक्रम आयोजना गरिनेछ । लाइभ फुड स्टल, लाइभ सांगितिक प्रस्तुति, किड्स प्ले जोन, गाडीसम्बन्धी आवश्यक विभिन्न टिप्स र ट्रिक्स, निःशुल्क गाडी परीक्षण, मूल्यांकन तथा एक्सचेन्ज सुविधा,  ईभी गाडीसम्बन्धी विशेष जानकारी तथा अन्तर्क्रिया कार्यक्रम, ईभी हाई भोल्टेज ब्याट्री चेकअप, मोटर र्‍याली जस्ता कार्यक्रम सञ्चालन हुनेछन् ।

तिनदिने कार्निवललाई रोचक बनाउन हुन्डाई टिकटक कन्टेस्ट, एक्सटर ट्रेजर हन्ट, डेल्ली टेस्ट ड्राइभ एन्ड विन र महिला चालकहरुप्रति लक्षित हुन्डाई ह्विल्स अल हिल्स जस्ता कार्यक्रम पनि आयोजना गरिने कम्पनीले जनाएको छ । कार्निवलमा आयोजना गरिएका प्रतियोगितामा सहभागी भई विजेता हुनेले वासिङ मेसिन, माइक्रोवेब ओभन, मिक्सर ग्राइन्डरलगायत उपहार पाउनेछन् ।


क्लिकमान्डु