बुधबार रातिबाट डीभी भर्न सकिने, कहिलेसम्म पाइन्छ ?



काठमाडौं । इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (इडीभी) २०२५ का लागि बुधबार रातिदेखि आवेदन खुला हुँदै छ ।

नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार अक्टोबर ४ (बुधबार) नेपाली समय अनुसार राति ९ बजेर ४५ मिनेटबाट सुरु हुने डीभीको आवेदन नभेम्बर ७, राति १०:४५ बजे (नेपाली समय) सम्म खुला रहनेछ ।

डिभी कार्यक्रमका लागि हुने छनोट योग्य आवेदकहरू मध्येबाट एकदमै निष्पक्ष रूपमा गरिने दूतावासले जनाएको छ ।

एक जनालाई एउटा मात्र आवेदन गर्न दूतावासले आग्रह गरेको छ । एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिने सूचनामा जनाइएको छ ।

डीभीको आवेदन dvprogram.state.gov मा अक्टोबर ४, राति ९:४५ बजे (नेपाली समय) देखि नभेम्बर ७, राति १०:४५ बजे (नेपाली समय) सम्मको समयमा जुनसुकै बेला पनि बुझाउन सक्ने दूतावासले जनाएको छ ।


क्लिकमान्डु