रसायनशास्त्रको नोबेल पुरस्कार तीन जनालाई



काठमाडौं । यो वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकहरुलाई क्वान्टम डट्सको विकासमा गरेको योगदानका लागि दिने घोषणा गरिएको छ ।

रोयल एकेडेमी अफ साइन्सले वैज्ञानिकहरु मौंगी जि बावेन्डी, लुइस ई ब्रुस र एलेक्साइ एल इकिमोभलाई यो पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो । तीनै जना वैज्ञानिक अमेरिकाका रहेका छन् ।

यी वैज्ञानिकहरुले योगदान गरेको क्वान्टम डट्सको प्रयोग अहिले धेरै कुरामा भएको छ । क्युलेड टिभीमा रंग निर्माण गर्ने मसिना क्रिस्टलदेखि चिकित्सा क्षेत्र तथा सोलर प्यानलहरुमा पनि यीनिहरुको प्रयोग हुन्छ ।

निकै सुक्ष्म हुने यी क्वान्टम डट्सहरुमा कुनै पनि किसिमको उर्जा प्रदान गर्दा प्रकाशको रंगको निर्धारण गर्ने गर्छन् ।


क्लिकमान्डु