टिस्टा नदीमा बाढी आउँदा भारतीय सेनाका २३ जवान बेपत्ता
एजेन्सी । नेपालसँग सीमा जोडिएको भारतको पूर्वोत्तर राज्य सिक्किममा अविरल वर्षापछिको बाढीमा परि २३ सेनाका जवान वेपत्ता भएका छन् ।
भारी वर्षासँगै टिस्टा नदीमा आएको बाढीले बगाउँदा भारतीय सेनाका २३ जना जवान बेपत्ता भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अविरल वर्षापछि सिक्किमा सडक पुलमा पनि क्षति पुगेको छ भने केही सैन्य प्रतिष्ठान पनि चपेटामा आएको जनाइएको छ ।
बाढीमा हराएका सेनाका जवानहरुको खोजीमा सर्च अप्रेशन सुरु गरिएको छ ।
बाढीपछि चुंगथांग बाँधबाट पानी छाडिदा तल्लो इलाकामा १५-२० फिटसम्म जलस्तर बढेको छ । सिंगतमको बारदांगमा सेनाको बहान डुबेको छ । सिक्किमका कतिपय क्षेत्रमा रेड एलर्ट जारी गरिएको छ ।