भूकम्पले सुदूरपश्चिममा क्षति, वडा कार्यालयदेखि विद्यालयको भवनसम्ममा क्षति
काठमाडौं । आज दिउँसो २ बजेर ४२ मिनेट जाँदा बाजुराका भूकम्प गएको छ ।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार तलकोट केन्द्रविन्दु बनाएर पाँच दशमलव तीन रेक्टरको भूकम्प गएको हो ।
उक्त भूकम्पका कारण सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा ठूलो मात्रामा भौतिक क्षति भएको छ । भूकम्पले बझाङको तलकोट गाउँपालिका-१ सुनिकोटको वडा कार्यालय भवनसमेत क्षति पुगेको छ ।
त्यस्तै बाजुराको बुढिगंगा नगरपालिकामा रहेको महेन्द्र आधारभूत विद्यालयको स्टोर कक्ष भत्किएको छ भने व्यक्तिका घरहरुमा पनि क्षति पुगेको छ ।
क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।