प्रभुले देउराली बहुद्देश्यीय सहकारीका अध्यक्षसमेत रहेका चौलागाईंको १८ ठाउँको धितो र गाडी लिलाम गर्ने



काठमाडौं । पूजा मार्केटिङ, पूजा ट्रेडिङ एण्ड मार्केटिङ, थ्री ब्रदर्स मार्केटिङ र अन्नपूर्ण डिष्टिलरी प्रालिले समयमा कर्जा र कर्जाको साँवा ब्याज नतिरेपछि प्रभु बैंकले ऋणी तथा जमानीको धितो लिलाम गर्ने भएको छ ।

देउराली बहुउद्देश्यी सहकारी संस्थाका अध्यक्षसमेत रहेका रविन्द्र चौलागाई सहितले साविकको सेञ्चुरी कमर्सियल बैंकबाट लिएको कर्जा र त्यसको सावा ब्याज समयमा नै भुक्तानी नगरेपछि बैंकले ७ दिन भित्र धितो लिलाम गर्ने भएको छ ।

बचतकर्ताको पैसा फिर्ता गर्न नसकेपछि असार दोस्रो साता सहकारी विभागले थप अनुसन्धानका लागि तिनै चौलागाई अध्यक्ष रहेको देउराली बहुउद्देश्यीय सहकारीको फाइल केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा दर्ता गराएको थियो ।

बचतकर्तालाई कहिले पैसा दिन भाखा सार्ने, कहिले जग्गा दिने प्रलोभन देखाउन थालेपछि फाइल विभागले सीआईबीमा थप अनुसन्धानका लागि पठाएको छ ।

बचतकर्तालाई २२ प्रतिशतसम्म ब्याज दिने प्रलोभन दिएर पैसा संकलन गरेको सहकारी लामो समयदेखि सदस्यको पैसा फिर्ता गर्न नसकेर समस्यामा परेको छ । सहकारीले कारोबार बन्द गरेपछि बचतकर्ताले असार २ गते महानगरीय प्रहरी परिसर ललितपुरमा उजुरी दिएका थिए । त्यसपछि सहकारीलाई कर्जा सूचना केन्द्रले पनि कालो सूचीमा राखेको छ ।

तिनै चौलागाई तथा उनका आफन्तहरुले पूजा मार्केटिङ, पूजा ट्रेडिङ एण्ड मार्केटिङ, थ्री ब्रदर्स मार्केटिङ र अन्नपूर्ण डिष्टिलरी प्रालिको नाममा लिएको कर्जाको समयमा नै साँवा ब्याज नतिरेपछि बैंकले धितो ७ दिन भित्र लिलामी गर्न लागेको हो । कर्जा भुक्तानी नगरेपछि बैंकले ऋणी, जमानी तथा कम्पनीको नाममा भएको १८ स्थानको धितो लिलाम गर्ने भएको छ ।

पूजा मार्केंटिङको सञ्चालकमा पूजा खत्री रहेकी छिन् भने कर्जाको जमानतकर्तामा रविन्द्र चौलागाई रहेका छन् । यस्तै मार्केटिङको थप सञ्चालकमा राजेन्द्र खत्री र रविन्द्र चौलागाई रहेका छन् । जमानीमा शशी खत्री र पूजा खत्री रहेका छन् ।

पूजा ट्रेडिङ एण्ड मार्केटिङको सञ्चालकमा पूजा खत्री र राजेन्द्र खत्री रहेका छन् भने जमानीमा रविन्द्र चौलागाई र शशी खत्री रहेका छन् ।

थ्री ब्रदर्स मार्केटिङको सञ्चालकको पूजा र राजेन्द्र खत्री रहेका छन् भने जमानीमा रविन्द्र चौलागाई र शशी खत्री रहेका छन् ।
यस्तै अन्नपूर्ण डिष्टिलरीको सञ्चालकमा रविन्द्र चौलागाई र पूजा खत्री रहेका छन् ।

समयमा नै कर्जा भुक्तानी नगरेपछि बैंकले रविन्द्र चौलागाईको नाममा ललितपुर जिल्ला साविकको सैबु गाबिस-४मा रहेको कित्ता नम्बर १३०९ को ४ आना, कित्ता नम्बर १३१४ को ४ आना र कित्ता नम्बर १३१६ को ४ आना जग्गा र जग्गामा रहेको घर लिलामी गर्ने भएको छ ।

यस्तै रविन्द्र चौलागाईको नाममा झापा जिल्ला तत्कालिन शिवगञ्ज गाबिस-७ मा रहेको कित्ता नम्बर क्रमशः २२७४ १०१६७ १०१८९, १०१९०, १७८४११५९९९, २१७८४३ को क्षेत्रफल क्रमशः ६ बिघा, १० बिघा, १५ बिघा ११ कठ्ठा, ११ बिघा १७ कठ्ठा, ७ बिघा १६ कठ्ठा ५० धुर, १ बिघा १२५ कठ्ठा र ७ बिघा १४ कठ्ठा जग्गा र उक्त जग्गामा रहेको घर लिलाम गर्ने भएको छ ।

यस्तै बैंकले पूजा खत्री चौलागाईको नाममा ललितपुर जिल्ला तत्कालिन हरिसिद्धी गाबिस- ५ कित्ता नम्बर ३७१ को ८ आना जग्गा र त्यसमा बनेको घर, पूजा खत्री चौलागाई र रबिन्द्र चौलगाईको संयुक्त नाममा काठमाडौं जिल्ला तत्कालिन मच्छेगाँउ गाविस-३ मा कित्ता नम्बर २३१ मा रहेको ३ रोपनी १३ आना २ पैसा र २३३ को २ आना २ पैसा जग्गा, शशि खत्रीको नाममा ललितपुर जिल्ला तत्कालिन ललितपुर उपमहानगरपालिका-५ स्थित कित्ता नम्बर ६३२ को ४ आना १ पैसा २ दाम जग्गा र त्यसमा बनेको घर लिलामी गर्ने भएको छ ।

बैंकले रविन्द्र चौलगाईको नाममा तत्कालीन ललितपुर उपमहानगरपालिका-६ स्थित कित्ता नम्बर क्रमशः ९७४ ९७५ र ९७६ मा रहेको क्रमशः ४ आना ३ दाम, २ आना १५ दाम र २ आना १५ दाम जग्गा, रविन्द्र चौलगाईको नाममा भक्तपुर जिल्ला तत्कालीन मध्यपुर ठिमि नगरपालिका-३, सिट नम्बर १०२११५०१५ स्थित कित्ता नम्बर १७२ को क्षेत्रफल २९२.१४ वर्ग मिटर र सोही वडाको सिट नम्बर १०२११५०१४ स्थित कित्ता नम्बर १७५ को क्षेत्रफल २४८.४३ बर्ग मिटर जग्गा र त्यसमा बनेको घर लिलाम गर्ने भएको सूचनामा जनाएको छ ।

बैंकले रविन्द्र चौलगाईको नाममा ललितपुर जिल्ला तत्कालीन सुनाकोठी गाविस-८ को कित्ता नम्बर क्रमशः १०५७, ६०२, १०५५ र ११९९ को क्षेत्रफल क्रमशः ७ आना, ६ आना, ७ आना र ३ आना जग्गा, पूजा खत्री चौलागाईको नाममा ललितपुर जिल्लाको तत्कालिन सुनाकोठी गाबिस-८ को कित्ता नम्बर १०२९ र १०२६ को ३ दाम र ४ आना १ पैसा ३ दाम जग्गा र त्यसमा बनेको घर लिलाम गर्ने भएको छ ।

बैंकले पूजा खत्री चौलागाईको नाममा ललितपुर जिल्ला तत्कालिन ललितपुर उममहानगरपालिका-५ स्थित कित्ता नम्बर ५०२ को क्षेत्रफल ६ आना १ पैसा जग्गा त्यसमा बनेको घर, पूजा खत्री चौलागाईको नाममा ललितपुर जिल्ला तत्कालिन धापाखेल गाबिस- १ को कित्ता नम्बर क्रमशः ५६४४ र ५१७६ को क्षेत्रफल ८ आना २ पैसा १ दाम र ४ आना १ दाम जग्गा र त्यसमा बनेको घर, राजेन्द्र खत्रीको नाममा भक्तपुर जिल्लाको तत्कालिन भक्तपुर नगरपालिका-४को कित्ता नम्बर ८०० को ९ आना जग्गा र त्यसमा बनेको घर, राजेन्द्र खत्रीको नाममा भक्तपुर जिल्लाको तत्कालिन नंखेल गाविस- ९ मा कित्ता नम्बर क्रमशः ५४७, ५४६, ४५०, २१९१ र १२७२ को क्रमशः २ रोपनी ७ आना, १ रोपनी ९ आना, १२ आना, १४ आना १ पैसा, १ रोपनी ३ आना १ पैसा जग्गा र त्यसमा बनेको घर लगायत लिलामी गर्ने भएको छ ।

बैंकले राजेन्द्र खत्रीको नाममा काभ्रेपलाञ्चोक जिल्ला तत्कालीन पाँचखाल गाबिस- ५मा रहेको क्रमशः २४३९ २४९७ २४९६ र २४४० कित्ता नम्बरको क्रमशः १ रोपनी, १४ आना १ पैसा, १ रोपनी ९ आना ३ पैसा र ५रोपनी २५ दाम जग्गा र त्यसमा रहेको घर लिलामी गर्ने भएको छ ।

यस्तै अन्नपुर्ण डिष्टिलरीको नाममा सुनसरी जिल्लाको तत्कालिन पूर्व कुसाहा गाबिस-८ को कित्ता नम्बर २५ र २६ को क्रमशः १६ कठ्ठा, ५ धुर, १ बिघा १६ कठ्ठा १० धुर र वडा नम्बर ८ मा रहेको कित्ता नम्बर ११२ को १४ कठ्ठा जग्गा लिलाम गर्ने भएको छ ।

अन्नपुर्ण डिष्टिलरी कै नाममा रहेको सुनसरी जिल्लाको तत्कालीन इनरुवा नगरपालिका-१ मा रहेको कित्ता नम्बर १४६० को को २ कठ्ठा जग्गा लिलामी गर्ने बैंकले जनाएको छ ।

बैंकले ऋणी रविन्द्र चौलागाईको नाममा दर्ता भएको प्रदेश ३-०१-०२४ च १५२५ नम्बरको टोयोटा कम्पनीको प्राडो कार र ऋण लिएका ४ वटै कम्पनीको चालु सम्पति लिलामी गर्ने जनाएको छ ।


क्लिकमान्डु