पैसा फिर्ता नगरेकाे देउराली सहकारीले दिन थाल्यो जग्गा: उजुरी, चेक बाउन्स नगर्न अध्यक्ष चौलागाईकाे आग्रह



काठमाडौं । तरलता अभावका कारण बचतकर्ताको पैसा फिर्ता गर्न नसकेको देउराली बहुउदेश्यीय सहकारी संस्थाले पैसाको सट्टा जग्गा पिर्ता गर्न थालेको छ ।

सहकारीले कृष्णप्रसाद कँडेल, जीवन श्रेष्ठ र नकुलप्रसाद आचार्यको संयुक्त नाममा दर्ता गरिएको गृहम विल्र्डस एण्ड कन्सल्ट्यान्सको नाममा गत शुक्रबार नबलपरासीको ४ बिघा १९ कठ्ठा जग्गा पास गरेको छ ।

ठुला बचतकर्ताहरुलाई बचतकर्ता प्रतिनिधि कमिटीको रोहबरमा बचत सुरक्षण बापत चेक हस्तान्तरण गरिएको बताइएको छ ।
साना बचतकर्तालाई भने सहकारीले आलोपालो दैनिक ५ हजारका दरले संस्थाको ३ वटै शाखाबाट बचत फिर्ता गरिरहेको जनाएको छ ।

केही महिनादेखि तरलता समस्याका कारण संकट झेलिरहेको संस्थाले ठुला बचतकर्ताहरुलाई पैसाको सट्टा जग्गा दिन थालेको छ ।

संस्थाको कमजोरीका कारण देउरालीले बचतकर्ताहरुको रकम फिर्ता गर्न नसकेको संस्थाका अध्यक्ष रवीन्द्र चौलागाईले बताए ।

सहकारीले विज्ञप्ति जारी गर्दै सम्पुर्ण सदस्यलाई संयमित हुन, सहयोगी बनिदिन, उजुरी बाजुरी तथा चेक बाउन्स नगर्न, काम गर्न असहज नबनाइदिन तथा कर्मचारीलाई तनाब सिर्जना गरिदिने काम नगर्न आग्रह गरेको छ ।


क्लिकमान्डु