नेपालगञ्जमा हिन्दू र मुस्लिमबीच तनाब, स्थानीय प्रशासनद्वारा कर्फ्यू जारी

238
Shares

काठमाडौं । हिन्दू र मुस्लिसम समूदायबीच साम्प्रदायीक दंगा भड्कनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्जमा कर्फ्यू जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा कर्फ्यू जारी गरिएको हो । असोज १४ गते सामाजिक संजालमा मुस्लिम समुदायलाई लक्षित गरि लेखिएको स्टाटसको विषयलाई लिएर मुस्लिम समुदायले गरेको विरोध ऱ्यालीका कारण उत्पन्न परिस्थिती एवं मंगलबार ओमकार परिवार हिन्दु समाजले निकालेको र्‍यालीको क्रममा विवाद उत्पन्न भएपछि स्थानीय प्रशासनले कर्फ्यू जारी गरेको हो ।

र्‍यालीका क्रममा नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुडा प्रहार, उच्छृंखल गतिविधि लगायतका बिरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भाबित जोखिम एवं शान्ति भंग हुन जान सक्ने स्थिति देखिएको भन्दै स्थानीय प्रशासनले नेपालगञ्ज नगर क्षेत्र (पूर्वमा राप्ती नदि पुल, पश्चिममा खजुरा रोडको ईन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाका) को चार किल्ला सीमा क्षेत्रभित्र भेला हुन, सभा समारोह गर्न, जुलुस र्‍याली गर्न, हुल हुज्जत गर्न र हिँडडुल गर्न समेत नपाइने गरी आज मंगलबार दिउसो १:०० बजेदेखि अनिश्चित कालसम्मको लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (१) (३) बमोजिम कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए ।

Skip This