पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको नेतृत्वमा दाहाल

455
Shares

काठमाडौं । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ काठमाडौं जिल्ला शाखाको अध्यक्षमा नारायणप्रसाद दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।

राजधानीमा आइतबार सम्पन्न महासंघको आठौं अधिवेशनले दाहाललाई निर्विरोध चयन गरेको हो । महासंघको प्रथम उपाध्यक्षमा विष्णु गिरी, द्वितीय उपाध्यक्षमा दिलिप पुरी, सचिवमा तुलसीप्रसाद अगस्ती, कोषाध्यक्षमा केदारबहादुर कार्की र सहसचिवमा किशोर पौडेल निर्वाचित भएका छन् ।

लेखा समितिको संयोजकमा कमल रिजाल चयन भए भने सदस्यहरुमा कमल अछामी, गोविन्द पौडेल, धनञ्जय पौडेल, पदम भण्डारी, राजन सिवाकोटी, सुरज पाण्डे, बाबुराम आचार्य, राजेन्द्र रिजाल, ईश्वरी मरासैनी, नुदप्रसाद तिमिल्सिना, भोजराज बास्तोला र मानकुमारी पाण्डे निर्वाचित भएका छन् ।

काठमाडौंको हात्तीसारस्थित नेपाल हाउसमा सम्पन्न साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको हो । सर्वोच्च अदालतको आदेशविपरीत विद्यालय हाताभित्रबाट अवैधानिक ढंगबाट बिक्री–वितरण भइरहेको पुस्तक तथा कापीहरुलाई रोक्न नयाँ कार्यसमितिले कुनै कसर नराख्ने बताएको छ ।

Skip This