६ महिनापछि सबैभन्दा सस्तियो सुन, कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । पछिल्लो समय सुनको मूल्य निरन्तर घटेर ६ महिनापछिकै कम मूल्य कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांकअनुसार सुनको मूल्य निरन्तर बढेर नयाँ रेकर्ड कायम भएकोमा पछिल्लो समय घटेर कम मूल्य कायम भएको हो ।

गत वैशाख १९ गते छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँ कायम भएको थियो । त्यसपछि निरन्तर बढेर प्रतितोला १ लाख १३ हजार २ सय रुपैयाँ कायम भई नयाँ रेकर्ड कायम भएको थियो ।

पछिल्लो ६ महिनाको अवधिमा सुनको मूल्य घटबढ भएपनि १ लाख १० हजारभन्दा कम मूल्य कायम भएको थिएन । तर, पछिल्लो समय निरन्तर सुनको मूल्य घट्दा मूल्य ६ महिनापछिकै कम मूल्य कायम भएको हो ।

महासंघअनुसार यो हप्ता मात्रै छापावाला सुनको मूल्य प्रतितोला ३ हजार ४ सय रुपैयाँले घटेको छ । त्यस्तै, शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको छ ।

बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ हजा ६ सय रुपैयाँ कायम भएको थियो । शुक्रबार १ लाख ८ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ३ सय रुपैयाँ कायम भएको छ । तर, चाँदीको मूल्य भने बढेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १३ सय ७० रुपैयाँ कायम भएकोमा २५ रुपैयाँले बढेर १३ सय ९५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु