सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घट्यो



काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँ कायम भएको थियो । मंगलबार ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार २५० रुपैयाँ कायम भएको छ ।

साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेर १४ सय रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु