ललितपुरमा असोज १० देखि बडादसैं जुत्ताचप्पल व्यापार मेला, ५० प्रतिशतसम्म छुट



ललितपुर । ललितपुरमा बडादसैं जुत्ताचप्पल व्यापार मेला आयोजना हुने भएको छ । ललितपुर महानगरपालिकाअन्तर्गत जाउलाखेल खेलमैदानमा हुने मेलामा नयाँ-नयाँ डिजाइनका जुत्ता चप्पल आकर्षक मूल्यमा उपलब्ध हुने आयोजक नेपाली जुत्ता चप्पल उत्पादक समूहले जनाएको छ ।

मेलामा नेपालमा स्थापित चर्चित जुत्ताचप्पल उत्पादक कम्पनी र व्रान्डहरु रोयल सु इन्डस्ट्रिजको उत्पादन रोयल सुज, बेस फुटवेयरको उत्पादन बिएफ डियर हिल र बिएफ स्पोर्ट, लालीगुराँस फुटवेयरको क्रस रोड सुज, शुभकामना फुटवेयरको फस्टवाक स्ुज, नमस्ते फुटवेयरको सिल, आरडी कलेक्सनको हाइलाइफ, केटीएम सुजको केटीएम, डिजे सुज कम्पनीको डिजे सुज, फुड फेसनको वेली सुज, सर अनिल टे्रड लिंक्सको उत्सव र कोसेली छाला जुत्ता उद्योगको कोसेली सुज गरी ११ वटा कम्पनी तथा ब्रान्डको सहभागिता रहनेछ ।

मेलामा ३ हजारभन्दा बढी मोडल र डिजाइनका जुत्ता उपलब्ध हुने आयोजकले जनाएको छ । मेला अवधिभर विशेष छुटको व्यवस्था गरिनेछ । आयोजकका अनुसार न्यूनतम २० प्रतिशतदेखि कतिपय उत्पादनमा ५० प्रतिशतसम्म छुटको व्यवस्था मिलाइनेछ । मेलाको ३ लाखभन्दा बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

‘नेपाली उत्पादनको प्रवर्धन, हाम्रो अभियान’ भन्ने मुख्य नारासहित आयोजना गरिएको मेला असोज १० देखि कात्तिक ३ सम्म चल्नेछ ।


क्लिकमान्डु