रोयल राइस मिलले एकै वर्ष गर्‍यो डेढ अर्बको व्यापार



काठमाडौं । रोयल राइस मिलले एकै वर्ष करिब डेढ अर्बको व्यापार गरेको छ । सन् २०२१ मा दर्ता भई सञ्चालनमा आएको कम्पनीले सन्  २०२३ मा १ अर्ब ३७ करोड ९० लाख रुपैयाँ (अपरिष्कृत)को व्यापार गरेको हो ।

कम्पनीले सन् २०२२ मा ३ करोड रुपैयाँको व्यापार गरेको थियो । चितवनको भरतपुरमा रहेको उद्योगले विभिन्न प्रकारका मसिनो तथा लङ ग्रेन चामल विभिन्न ब्रान्डमा प्याकिङ गरी बिक्री-वितरण गर्दै आएको छ । कम्पनीले  मुस्ताङ, कायरा र नेपाल गोल्ड ब्रान्डको ५ किलोदेखि २५ किलोसम्मको प्याकेजिङको चामल बिक्री-वितरण गर्दै आएको छ ।

प्रतिघण्टा ८ मेट्रिक टन उत्पादन क्षमता भएको कम्पनीले ६० करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ३७ करोड र अल्पकालीन कर्जाका लागि २३ करोड रुपैयाँको रेटिङ गराएको हो ।

कम्पनीले सन् २०२३ मा करिब डेढ अर्बको व्यापार गर्दा १.३४ प्रतिशत नाफा कमाएको छ । कम्पनीले आन्तरिक तथा  भारतबाट आयत गरेर चामल उत्पादन गर्दै आएको छ । कम्पनीमा प्रमिल न्यौपानेको स्वामित्व छ ।


क्लिकमान्डु